१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोच प्रवासी महासंगठन गर्यो बाढीपीडितलाई राहत वितरण


१९ श्रावण २०७३, बुधबार  

0
Shares

गौरीगंज / वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न खाडी मुलुकमा बसेका कोच समुदायका युवाहरुले पठाएको रकमबाट झापाका बाढीपीडितहरुलाई मंगलबार राहत वितरण गरिएको छ ।
कोच प्रवासी महासंगठनले पठाएको रकमबाट जिल्लाको भद्रपुर र खजुरगाछीका बाढीपीडितलाई राहत वितरण गरिएको हो । एक कार्यक्रमको आयोजना गरी खजुरगाछी गाविसको वडा नम्बर ६, ८ र ९ का ३० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । महासंगठनले पठाईदिएको सहयोग रकम नेपालस्थित सहयोग समितिका संयोजक महेश राजवंशीको नेतृत्वमा पद्मा राजवंशी र पूजाकुमारी ताजपुरियाको टिमले राहत वितरण गरेको हो । सोही टिमले सोमबार भद्रपुर नगरपालिका–१ स्थित बैसाबारीका २९ परिवारलाई पनि राहत स्वरुप कपडा वितरण गरेको थियो । हाल कतारमा कार्यरत महासंगठनका कोषाध्यक्ष प्रविण राजवंशीले दुवै स्थानमा गरी करीब ४० हजार मूल्य बराबरको राहत वितरण गरेको टेलिफोनमा जानकारी दिए ।

help pic

प्रकाशित मिति : १९ श्रावण २०७३, बुधबार  ६ : ५२ बजे