१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘कोशी ब्यारेजमा थ्रेट’ भारतिय पक्षको ‘मनगढन्ते प्लान’ रहेको खुलासा !


१२ श्रावण २०७३, बुधबार  

0
Shares

काठमाडौं / Kosi-Byarej सुनसरी स्थित कोशी ब्यारेजको पुलबारे सचामार उत्कर्षमा रहेका बेला सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहनबहादुर चापागाईँले त्यस्तो कुनै किसिमको धम्की नआएको बताएका छन । टेलिफेनमा कुराकानी गर्दे चापागाईँले भने ‘कोशी ब्यारेजमा आइएसले धम्की दिएको होइन ।

त्यहाँ थ्रेट छ भन्ने कुरो आएपछि सुरक्षा सचेतता अपनाइएको मात्रै हो ।’ भारतको वीरपुरबाट आएको एउटा चिठीका अधारमा संकटकालमा जस्तै गरेर प्रहरीले सवारी साधनमाथि चेकजाँच थालेको हो बुझिएको छ । नेपालमा अहिलेसम्म कुनै पनि इस्लामिक आतंकवादी संगठनले धम्की दिएको वा हिंसात्मक घटना गराएको अवस्था छैन ।

तर, भारतबाट कुनै पनि आधिकारिकताको पुष्टि नगरिएको पत्रकै आधारमा कोसी ब्यारेजमा प्रहरी परिचालन गरिएको छ र सुरक्षा जाँचका नाममा नेपालीहरुमाथि खानतलासी सुरु गरिएको छ खुलासा भएको हो । भारतको बिहार अन्तरगत सुनसरी–सप्तरीसग सिमा जोडिएको सुपौलका डिस्ट्रिक्ट मेजिष्ट्रेड बैजनाथ यादवको पत्र अनुसार सुरक्षा सतर्कता अपनाइएको भनिए पनि सुनसरी र सप्तरी जिल्ला प्रशासनलाई यादवको डाइरेक्ट पत्र नआएको बताइएको छ ।

तर वीरपुर सिँचाइ विभागले नेपालको जिल्ला प्रशासनलाई चिठी लेखेको पाइएको छ । प्रजिअ चापागाईँले भने ‘सुपौलका डीएमले भारतकै वीरपुरको सिँचाइ विभागलाई पत्र लेख्यो । र, वीरपुरको सिँचाइ विभागले हामीलाई लेख्यो ।’ चापागाईका अनुसार वीरपुर सिँचाइ विभागबाट नेपालका दुई जिल्ला प्रशासनलाई पठाएको पत्रमा तीनवटा आतंकवादी संगठनहरुको नाम उल्लेख भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहनबहादुर चापागाईँ

सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहनबहादुर चापागाईँ

उनका अनुसार सिँचाइ विभागको पत्रमा लस्कर ए तोएबा, जे एस ए महम्मद र मुजाहिद्दीनको नाम उल्लेख गरिएको छ ।

तर, आइएसका बारेमा कुनै चर्चा छैन । यी तीनवटा मुस्लिम अतिवादी संगठनले भारतका महत्वपूर्ण प्रतिष्ठानहरुमा तार्गेट गर्ने योजना बनाएको पत्रमा भनिएको छ ।

ती प्रतिष्ठानमा कोसी ब्यारेज पनि पर्छ भन्दै वीरपुर सिँचाइ विभागले सुरक्षा सजगता अपनाइदिन पत्रमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी चापागाईंले उक्त पत्रको विश्वसनीयता, आधिकारिकता र वैधानिमतामाथि विश्लेषण हुन बाँकी रहेको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७३, बुधबार  १० : २३ बजे