१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गच्छदारलाई उपेन्द्रको तगारो


११ श्रावण २०७३, मंगलबार  

0
Shares

काठमाडौं / bijaya-upendra ओली सरकार ढाल्न आन्दोलन छोडी संसदमा पुगेका मधेसी मोर्चाका नेताहरुले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारलाई सरकारमा नलिन कांग्रेस र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुसँग आग्रह गरेका छन् । सत्ता बिना कसरी रहलान् गच्छदार राजनीतिक बृतमा ब्यापक चर्चा चलेको छ ।

‘मधेसी मोर्चालाई सरकारमा ल्याउने हो भने, गच्छदारलाई सरकारमा ल्याउनु हुँदैन’ संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यस्तो सर्त राखेका छन् । दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर मधेसी मोर्चाका नेताहरुले गच्छदारलाई सरकारमा नल्याउन आग्रह गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएको अघिल्लो दिन गच्छदारले सरकारबाट फिर्ता हुने निर्णय गर्दै भावी सरकारमा जान बार्गेनिङ गरिरहेको थियो । गच्छदारले दाहाल र देउवासँग सरकारको बार्गे्निङ गरिरहेको थाहा पाएपछि मधेसी मोर्चाका नेताहरु उनलाई रोक्न सक्रिय भएका हुन् ।

गच्छदारलाई सरकारमा नलिए र मधेसी मोर्चाले उठाएका केही माग पुरा गर्ने प्रतिबद्धता जनाए सरकारमा जाने संकेत उनीहरुले गरेका छन् । यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सरकारमा जाने पक्षमा छन् भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सरकारमा जान नहुँने पक्षमा छन् ।

केही समय पहिले गच्छदारलाई सरकारमा लिन दाहाल र देउवा दुवै सहमत थिए । तर मधेसी मोर्चाको सर्तले उनीहरु पनि अप्ठेरोमा परेका छन् । मधेसी मोर्चालाई सरकारमा ल्याए ओली सरकार ढाल्नुको औचित्य पुष्टी हुने आंकलन दाहाल र देउवाले गरेका छन् । दाहाल र देउवाको यही आँकलनका कारण यसपटक भने गच्छदार सत्ताको भर्याङ चड्ने सम्भावना कम हुँदै गएको छ । यस्तो अवस्थामा गच्छदार सत्ता बिना कसरी रहलान् सिंहदरबार भित्र पनि चर्चा चलेको छ ।

नेपाली राजनीतिका चर्तुर खेलाडी गच्छदार डा. बाबुराम भट्टराई नेतृत्वको सरकारदेखि सत्ताभित्रै छन् । जतिवटा सरकार परिवर्तन भएपनि उनी उपप्रधानसहितको मालदार मन्त्रालयमा बस्दै आएका छन् । पछिल्लो समय उनले छोराको बिहेमा लाखौं खर्चेर विवादमा तानिए भने यसै पटक करोडौंको बिल्डिङ् समेत खरिद गरेका थिए । गच्छदारको सम्पतीको स्रोत के ? गम्भिर प्रश्न खडा भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७३, मंगलबार  ११ : १३ बजे