३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

तीस जना आदिवासी विद्यार्थीलाई छात्रवृति


५ श्रावण २०७३, बुधबार  

0
Shares

विर्तामोड / उच्च शिक्षा अध्ययनका लागी आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले झापाका ३० जना आदीवासी जनजाति विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।
नेपाल आदीवासी जनजाति महासघ नगर समन्वय परिषद बिर्तामोडको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानले जिल्लाका ३० जना विद्यार्थीलाई ८ हजार रुपैयाँका दरले छात्रवृति बितरण गरेको हो । आदिवासी जनजाति महासघ झापाका पूर्व अध्यक्ष प्रेमराज घिसिङ, नगर अध्यक्ष पदम बहादुर तामाङ र प्रतिष्ठानका सिनियर लेखापाल कुलन कुमार लामाले छात्रवृति प्रदान गर्नु भएको थियो । यस बर्ष देशभरिका ५ सय विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । हरेक जिल्लामा हरेक जातिको घरदैलोमै गएर छात्रवृति उपलब्ध गराएको प्रतिष्ठानका सिनीयर लेखापाल लामाले बताउनुभयो ।
छात्रवृति पाएपछि खुशी देखिएकी कक्षा १२ मा अध्ययनरत विर्तामोड– ५ की समिता मेचेले त्यसबाट बिद्यालयको शुल्क तिर्ने बताउनुभयो । छात्रवृतिका लागि प्रतिष्ठानले गत बर्षको मंसिर महिनामा आवेदन खुल्ला गरेको थियो । देशभरिबाट करिब १५ हजार जनाले आवेदन दिएका थिए । त्यस मध्येबाट ५ सय जनालाई छनोट गरिएको प्रतिष्ठानका कर्मचारी दिलीप बास्केले बताउनु भयो । प्रतिष्ठानले २०६८ सालदेखी आदीवासी जनजाति विद्यार्थीहरुलाई छात्रवृति वितरण गदै आएको छ ।
11(1)

प्रकाशित मिति : ५ श्रावण २०७३, बुधबार  ६ : ०० बजे