२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

सरकारी अस्पतालको बेथिती


२२ जेष्ठ २०७३, शनिबार  

0
Shares

p - 1photoo

 

गौरीगंज   / मोरङका  क्रियाशिल राजनीतिकर्मी पारुल क्षेत्रीले शुक्रबार राती सामाजिक सञ्जालमा मानविय संवेदनासँग जोडिएको यस्तो बिषयलाई प्रस्तुत गरे, जसले जो कोहीलाई पनि सोच्न बाध्य तुल्याथ्यो ।
सरकारी स्वास्थ्य संस्था कोशी अञ्चल अस्पताल विराटनगरमा झुर्किया गाविसबाट आएकी एक महिला र उनका आफन्तले भोग्नु परेको समस्याबारे उनले यस्तो लेखे, जस्ले राज्यको निकायले गरेको ब्यवहार स्पष्ट झल्किन्थियो । क्षेत्रीले फेसबुकमा पोष्ट गरेको तस्वीर र स्टाटस्, जस्ताको तस्तै ।

‘ जयन्ति कुमारी राजवंशी पहीलोचोटी डेलिभरिको लागी झुर्किया गाबिस बाट कोशी अन्चल अस्पताल आएन तर उपचार पाइन्न बेडहरू खालिनै थिए तरपनि भर्नाहुनु सकिन्न । पिडाले तड़पी रहीन तरपनि बस्नकोलागी एक कुना पनि पाइनन । ३. बजे आएको बिरामी साँझ ७ बजेसम्म भर्नापाइन्न । A positive blood लिएर आएपछी मात्र भर्नागर्न्े भनिरहे अस्पताल स्टापले । बिरामिका बुवा आफ्नो लाइसेन्स देखाइरहे मेरो A pos blood हो म दीन तयार छु मेरो छोरीलाइ बेडमा सुतने ब्यवस्था मिलाइदिनु म ब्लड लिएर आइहाल्छु तर पनि भर्ना भएन अन्तमा बिरामीहरू निजि शुरक्षा अस्पताल मा भर्नाहुनु बाध्य भए । मे शु रोशन पोखरेल लाइ भन्दा यस्तैछ हामरो नियम भने । p-2
यसरि गरिब बिरामीहरूलाइ private hospital मा बाध्य पारेर पठाउने अनि कमिसन खाने देखिन्छ । यस्तो ब्यवस्था तत्काल अन्त गर्नु जरूरीछ । यों गरिब लाइ दुखदिने ब्यवस्था अन्त गर्न म सँघर्स गर्नेछु । साथदीनुहोला ।,

p-5

प्रकाशित मिति : २२ जेष्ठ २०७३, शनिबार  ३ : ३३ बजे