२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

प्रथम क्षेत्रिय राजवंशी फुटबल खेलको फाइनल आज हुदै


२२ जेष्ठ २०७३, शनिबार  

0
Shares

fotball1

हल्दिबारी २२ जेठ /  झापाको हल्दिवारी उच्च माविमा सञ्चालन भइरहेको प्रथम क्षेत्रिय राजवंशी फुटबल टुर्नामेन्टको फाइनल खेल आज हुदैछ ।
चकचकी युवा समाजको चकचकी टीम र हल्दिबारी युवा समाजको हल्दिबारी ‘ए’ टीमबीच फाइनल खेल हुदै छ । राजवंशी समाज विकास समिति हल्दिबारीको आयोजनामा भएको फाइनल खेलमा प्रथम विजेतालाई नगद १० हजार रुपैयासहित ट्रफी र दोस्रो हुनेलाई नगद ५ हजार रुपैयाँसहित ट्रफीे राजवंशी समाज विकास  समितिका झापा अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले प्रदान गर्ने छन् । फाइनल खेलमा उत्कृष्ट एक जना खेलाडीलाई २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।  राजवंशी समाजभित्रका उत्कृष्ट खेलाडीहरुलाई एकीकृत गरी झापामा राष्ट्रिय स्तरको फुटबल टिम उत्पादन गर्ने उद्येश्यले यो टुर्नामेन्टको आयोजना गरिएको अध्यक्ष राजवंशीले बताए ।  ट्रफीमा ओखली र मुस्ली (छाम गह्इन) कुदिएको काठको हुने छ ।     फाइनल खेलको प्रत्यक्ष प्रशारण विर्तामोडबाट सञ्चालित सनराइज एमएम ९०.२ मेगाहर्जबाट दिउसो ३ बजेदेखि सुन्न सक्नुहुनेछ ।  दुबै टीमबाट उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी राष्ट्रिय स्तरको टीम घोषणा गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७३, शनिबार  ४ : १२ बजे