३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

जन्मदिनमा अनाथ र असहायलाई एक छाक खाना


१९ जेष्ठ २०७३, बुधबार  

0
Shares

धुलाबारी १९, जेठ / युवा संचारकर्मी आयुस निरौलाले झापाको धुलाबारीमा रहेको स्ववोध साधना केन्द्रका वालबालिकाहरुलाई बुधवार बिहानको खाना खुवाएका छन । आफनो जन्मोत्सव्को अवसरमा निरौलाले वाल आश्रममा रहेका १७ जना अनाथ,असहायहरुलाई एक छाक खाना खुवाएका हुन । केन्द्रमै एकै साथ राखेर खाना खुवाइएको थियो । सो कार्यक्रममा आश्रमका अध्यक्ष खड्ग भेटवाल,पूर्व अध्यक्ष बालकृष्ण थपलिया,लेखनाथ पौडेल,आयुस निरौला,संचारकर्मी खगेन्द्र घिमिरे, प्रतिक न्यौपाने,घनेन्द्र बुढाथोकीलगायतको उपस्थिती रहेको थियो । जन्मोत्सवको खुसी बाढ्दै निरौलाले आफु अरु भन्न भिन्न तरिकाबाट जन्मोत्सव् मनाउने उद्येश्यका साथ यो आयोजना गरिएको बताए् । उनले जन्मोत्सव् भन्दै रमाईलोको नाममा मादकपदार्थ सेवन गर्ने प्रचलन रहेको हुदाँ यस प्रकारको चेतना समेत त्यस्तामा जाओस् भन्ने धारणा रहेको निरौलाले बताए् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७३, बुधबार  ७ : ४४ बजे