२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मनिषा मृत्यु बारे फोलिग्राफ रिपोर्ट यस्तो आयो


१९ जेष्ठ २०७३, बुधबार  

0
Shares

काठमाडौं१९, जेठ / manisha-1-800x500_c नेपाली फुटबलर बिमल घर्तीमगरकी बहिनी मनिषाको हत्या वा आत्महत्या बारे प्रहरीले पोलिग्राफ रिर्पोट आज सार्वजनिक गरिएको छ ।

प्रहरीको उक्त रिपोर्टमा मनिषाकी प्रेमी आशिष चौधरीले प्रहरीलाई अहिलेसम्म दिएको बयान सत्य भएको वा नढाटेको प्रारम्भीक रिपोर्ट आएको हो । घट्ना बारे अनुसन्धान अधिकृत प्रकाश सापकोटाले आशिषले बोलेको कुरा हत्य भएको रिपोर्ट आएको बताएका हुन् । पोलिग्राफ रिपोर्ट आज जिल्ला प्रहरी कार्यालय नवलपरासीले पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।

काठमाडौ शिक्षण अस्पतालले हिजो दिएको पोष्टमार्टम रिपोर्टमा पनि मनिषा ‘ह्यागिङ’ (झुण्डिएर) मृत्यु भएको प्रतिबेदन आएको थियो । यद्यपि झुण्ड्याइएको हो वा झुण्डिएर आत्महत्या गरेका हुन प्रष्ट उल्लेख भएको थिएन ।
हिजो आशिषलाई ५ घण्टासम्म फोलिग्राफ परिक्षण गरिएको थियो । पटक पटकको प्रस्नमा उनको कम्पन समान आएको प्रहरीले जनाएका छन् ।पोलिग्राफ परिक्षण गर्दा ६ प्रकारको सेन्सर प्रयोग हुने प्रहरीले जनाएको छ । सम्भावित अपराधीले झुटो बोल्न लाग्यो भने शरीरमा आवश्यकता भन्दा बढी कम्पन आउने गर्छ । सोही कम्पनको विश्लेशनको आधारमा अपराधी पत्ता लगाइने प्रहरीले जनाएको छ ।

आशिषलाई ५ घण्टा लगाएर ११ वटा प्रश्न सोधेर पोलिग्राफ परिक्षण गरिएको थियो । पोष्टमार्टम, पोलिग्राफ र प्रहरीको रिपोर्टसँगै मनिषाले आत्महत्या गरेको अनुमान गर्न सकिन्छ । दाजु विमल फुटबल खेल्ने क्रममा बेल्जियम र आमा घरमा नभएको बेला १७ बर्षिया मनिषा जेठ १३ गते विहान घरमै मृत अवस्थामा फेला परेकी थिइन ।

नवलपरासी बर्दघाट ७ की मनिषाको भिसेरा र रगत स्याम्पलको रिपोर्ट अझै आउन बाँकी छ । मनिषा र आशिष चौधरीबीच प्रेम सम्बन्ध थियो । सो रात आशिष मादक पदार्थ पिएर आएपछि दुई जनाबीच झगडा भएको थियो । पहिला दिएको गिफ्ट समेत फर्काउने कुरा भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७३, बुधबार  ७ : १३ बजे