१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुसहर वस्ती रातभर जागै


८ असार २०७३, बुधबार  

0
Shares

 विर्तामोडmusahar1 ८, असार / अन्धुवा खोलाको बाढीबाट विर्तामोड ९ मा रहेको मुसहर वस्ती बग्न थालेपछि प्रहरीले पुरै वस्तीका बासिन्दालाई आज उद्धार गरेको छ ।

अन्धुवा खोलाको नजिक रहेको मुसहर बस्तीका ९ घर परिवार मुसहरहरु बग्ने खतरा भएपछि समयमै तत्काल उद्धार गरि सुरक्षित स्थानतर्फ सारिएको हो । आईतबारदेखि परेको मुसलधारे वर्षापछि डुवानमा परेर घरभित्र भंगालो पस्न थालेपछि मुसहरहरुले रातभरि खाटमाथि बसेर ज्यान जोगाएका थिए । राति खाटमाथि आफू र आफ्ना छोराछोरीलाई राखेर ज्यान जोगाएका पीडित पुर्णे ऋषिदेव बताउनु हुन्छ । लुगाफाटा र अन्नपात भिज्नुका साथै परिवारको ज्यानै जोखिममा परेको समस्या उहांले सुनाउनुभयो ।

बग्न लागेको मुसहर बस्तीका बारेमा स्थानीयले खवर गरेपछि बिर्तामोड नगरपालिकाको टोली डुबान क्षेत्र तर्फ गएको थियो । नगरपालिकाका कार्यकारी अधिकृत रबिन्द्रप्रसाद वस्तीको नेतृत्वमा गएको टोलीमा नगरपालिकाका नायब सुव्बा मेघराज बास्तोला, नेपाली कंग्रेसका रामलाल उप्रेती र नेकपा माओवादी केन्दका अरुणकुमार श्रेष्ठ रहनुभएको थियो । जोखिममा परेका मुसहरहरुलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था देखेपछि प्रहरी र रेडक्रसलाई बोलाएर उद्धार गर्न लगाईएको नगरपालिकाका कार्यकारी अधिकृत वस्तीले बताउनुभयो । उद्धारपछि अधिकांश महिला र बालबालिका रहेका पीडितहरुलाई गौरबती सतानुसिंह स्मृति प्रतिष्ठान सैनिकमोडको सामुदायिक भवनमा राखिएको छ । उनीहरुलाई बिभिन्न संघसंस्थाले राहतको व्यवस्था गरेका छन् । पीडितहरुका लागि बस्ने र खाने ब्यवस्था मिलाइएको रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाका सभपति सजेश शिबाकोटीले बताउनुभयो । उहाका अनुसार ९ घरपरिवारका ५५ जना बिचल्लीमा परेका छन् ।

उद्धारका लागी ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीको नेतृत्वमा करिब २ दर्जन जनपद र शशस्त्र प्रहरी खटिएका थिए । उद्धारका लागि जादा उनीहरु त्राहीमाम अवस्थामा रहेको प्रहरी नायब उपरिक्षक खत्रीले बताउनुभयो । प्रहरी र रेडक्रससंगै स्थानीयले पनि बाढी पीडितको उद्धार गर्न सहयोग गरेका थिए । पीडितहरुलाई बिराटज्योति स्कुलको बसले ओसार्न मद्धत गरेको थियो ।

प्रकाशित मिति : ८ असार २०७३, बुधबार  १० : ५४ बजे