१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुवागढीमा आदिवासी जनजाति भवन बन्ने


१ असार २०७३, बुधबार  

0
Shares

vawan1दुवागढी /  नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय समिति दुवागढीको भवन आज एक कार्यक्रमका बीच सिलान्यास गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ  जिल्ला समन्वय समितिका झापा अध्यक्ष पारशमणि राईको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम भएको थियो ।  स्थानिय शेखरनाथ घिमिरे र गोमा शर्माले नि:शुल्क दान दिएको करिब साढे ४ दुरसहित १८ दुर जग्गामा उक्त भवन निर्माण हुन लागेको हो ।  गाविसबाट २ लाख ७८ हजार रुपैयाँ अनुदानबाट शुरु गरिएको भवनको निर्माण कार्यमा जम्मा ३० लाख रुपैयाँको लागत रहेको गाउँ समन्वय समितिका अध्यक्ष पर्शुराम राजवंशीले जानकारी गराएका छन् । कार्यक्रममा विशेष अतिथि पुकारचन्द्रसिंह राजवंशी, गाविस सचिव कविन्द्रमान नेम्वाङ्ग, विरेन मेचे, भत्त खेपाङ्गलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १ असार २०७३, बुधबार  १० : ३८ बजे