१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दिने छात्रवृतिको नतिजा प्रकाशित


२९ जेष्ठ २०७३, शनिबार  

0
Shares

काठमाडौं / आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आर्थिक वर्ष २०७२ /७३ मा क्याम्पस स्तरका विभिन्न तह र संकायका आदिवासी जनजाती विद्यार्थीका लागि आवहान गरेको छात्रवृतिको नतिजा प्रकाशित गरेको छ ।  प्रतिष्ठानले गोरखापत्र  राष्ट्रिय दैनिकमा कार्तिक ३० गते देखि पुस १ गते सम्म सार्जजनिक सुचना मार्फत आवेदन आवहान गरेको थियो ।  देशभरका विभिन्न क्याम्पस तथा शैक्षिक संस्थाहरुबाट प्राप्त आवेदनहरु मध्ये ५ सय जना आदिवासी जनजाती  विद्यार्थीलाई प्रतिष्ठानले छनौट गरी छात्रवृति प्रदान गर्ने निर्णय गरेको छ ।  आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको वेभ साइट www.nfdin.gov.np    मा पनि नतिजा हेन सकिन्छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७३, शनिबार  २ : २७ बजे