१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

राजवंशीका विवाह गर्ने पद्वति थरिथरिका


२७ जेष्ठ २०७३, बिहिबार  

0
Shares

गौरीगंज / हाम्रो समाजमा कति प्रकारको विवाह गर्ने चलन होलान ? कसैले तपाईलाई सोध्यो भने उत्तर हुन सक्छ, मागी, प्रेम अथवा कानुनी विवाह । तर, हामो समाजमा विवाह गर्ने चलन यति मात्रै छैनन । समाजमा यस्तो पनि समुदाय छ, जसको विवाह गर्ने चलन छ आठ प्रकारको छ ।
झापा, मोरंग, सुनसरी जिल्लामा बसोवास गर्ने राजवंशी समुदायमा यो चलनवाट विवाह भएको देख्न सकिन्छ । यस समुदायमा मागी विवाह (बरबुध पक्षबीच समझादारीमा भएको विवाह) धन्निमा विवाह (कन्याकेटीको घरमा बर आएर विवाह गरेर बस्ने) डाागुआ विवाह (विधवासंग घरमा लोग्ने मान्छे आइ घर जम गर्ने) दामेदुमे विवाह (कन्या केटी आर्थिक अभावका कराण बरको घरमा ल्याई विवाह गर्ने) घरढुकका विवाह (केटाकेटी मन पराएर केटीले आफूखुशी केटाको घरमा गई बस्ने) भातार धरा विवाह (केटाकेटी मन पराइ बाहिर नै विवाह गर्ने) किआ विवाह (विधवा महिलालाई केटाको घरमा ल्याई विधि विधान गरी घरजम गराइदिने) जााघ विवाह वा समद विवाह । राजवंशी समुदायको विवाह संस्कार आफ्नै मौकिलतामा आधारित भएको राजवंशी समुदायका अगुवा कमल प्रसाद  राजवंशी बताउाछन् । ‘सुन्दा त अनौठो लाग्न सक्छ तर संस्कार भन्ने कुरा नराम्रो होइन राजवंशी भन्छन् –‘यसलाई जर्गेना गर्नुपर्छ ।’
राजवंशी समुदायमा विवाह गर्ने चलन धेरै भएपनि वर्तमान अवस्थाका त्यस्तो नरहेको राजवंशी युवाहरु बताउाछन् । घैलाडुब्बाका अरुण राजवंशी भन्छन्– ‘पहिलाको जमानामा यी संस्कार थिए तर हिजो आज हराउादै गएका छन्  ।’ हाल राजवंशी समुदायमा मागी विहेको नै बढी चलन रहेको उनले बताए ।
मागी विहे गर्ने चलन रहे पनि नयाा पुस्ताका युवा युवतीहरु प्रेम विवाह गर्न रुचाउ‘छन् । उनीहरु पारिवारिक डरका कारणले प्रेम विवाहको प्रस्ताव घर परिवारमा राख्न सक्दैनन् । मागी विहे परम्परादेखि चलिआएकाले यस समुदायका मानिसहरु प्रेम विवाहलाई सहजै स्वीकार्दैनन् । मागी विहेमा कन्या (बेहुली) र दुलाहा (बेहुला) को खोजी गरी दुवै परिवारको विवाहमा सहयोगीको भूमिका खेल्ने मध्यस्कर्ता हुन्छ जसलाई कारुण (लमी) भनिन्छ । करुणले मागी विवाहमा अहम भूमिका खेलेको हुन्छ । करुआमाले शुभदेखा तिलक र डालीखरा यी तीन प्रमुख कार्यमा सहयोगीको भूमिका खेल्छ । विवाहमा दुलहा दुहलीले आफ्नै परम्परागत पोशाक लगाउाछन् । आफ्नै परम्परागत ढोल ढाल (बाजागाजा)का साथ बैरात (जन्ती) जाने गर्छन् । विवाहमा आफ्नो गच्छे अनुसार नाता कुटुम्बलाई निमन्त्रणा गरी भोज खुवाइन्छ । विवाह सम्पन्न गराएको उपलक्ष्यमा लमीलाई नयाा लुगा फाटा किनिदिने प्रचलन छ । यस समुदायले बैशाख, जेठ, असार र साउन महिनालाई विहे गर्ने महिनाको रुपमा लिएको पाइन्छ । तर, पछिल्लो समयमा पुस, माघ र फागुन महिनामा पनि राजवंशी समुदायले विवाहवारी गर्ने गरेका छन् । विवाह गरेको सालको भदौ महिना बेहुलीले माइतमा गएर बस्नुपर्ने प्रचलन भएको  पत्रकार इन्द्रसिंह राजवंशीले बताए । मागी विवाहमा बेहुला र बुहेलीको पोरुआ (कुलदेवता) हेरेर मत्र विवाह हुने गरेको उनलेबताए । दुवै (बेहुला बेहुली)को घरको कूल देवता एउटै भए बैबाहिक जीवन सुखमय हुने उनको ठहर छ । rajbanshi bibaha1

प्रकाशित मिति : २७ जेष्ठ २०७३, बिहिबार  ७ : १२ बजे