३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मगुरा पंचायतको मुखियामा पुर्णिमा राजवंशी विजयी


१७ जेष्ठ २०७३, सोमबार  

0
Shares

किसनगंज १७, जेठ /  हालै भएको भारत विहारको ग्राम पंचायत चुनावमा पुर्णीमा राजवंशी मगुरा पंचायतको मुखिया पदमा विजयी भएकी छन् ।  उनले ५ जना प्रस्पर्धीहरुलाई उछिन्दै १२ सय ९९ मतले विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी जोहरा प्रवीणले १२ सय २७ मत ल्याएका थिए ।  जिल्ला किसनगंज प्रखण्ड डिगलवैंक गा्रम पंचायत मगुरामा पुर्णिमालगायत ६ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिनेमा नाहेदा वेगमले ११ सय ९१ मत, बेबी साहाले ११ सय ३७ मत, कमी देवीले १ सय ४० मत, खट्टा देवीले ३२ मत ल्याएका थिए ।  जम्मा ५ हजार ३ सय २१ मत खसेको जनाइएको छ । उनी एकछोरासहित श्रीमान ललित सिंह राजवंशीसंग मगुरामा बस्दै आएकी छन् ।  त्यसैगरी सिंहीमारी ग्राम पंचायतको मुखिया पदमा राजेन्द्र प्रसाद सिंह (राजवंशी) विजय भएका छन् । उनले ६ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी जाबुल भाटियाले ५ सय ३६ मत ल्याएका थिए । उनीहरु मुखिया पदको शपथ असार १० गते (जुन २४ तारिख)  लिने छन् ।   purnima rajbanshi

 

 

प्रकाशित मिति : १७ जेष्ठ २०७३, सोमबार  ५ : ५४ बजे