१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब २० करोड


१५ जेष्ठ २०७३, शनिबार  

0
Shares

काठमडौं  १५,  जेठ /  सरकारले तराई मधेसको विकासका लागि हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्न ४ अर्ब २० करोड बजेट छुट्याएको छ ।

देशभरका सम्पूर्ण जिल्ला सदरमुकाममा जोडिने सडकलाई सुविधा सम्पन्न बनाउने घोषणा समेत बजेट भाषणमा गरिएको छ ।

सरकारले हुलाकी राजमार्ग आफैँ बनाउने समेत घोषणा गरेको छ ।

बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘सबै जिल्लाका सदरमुकाममा सुविधा सम्पन्न सडक मार्ग जोडिने छ ।’

काठमाडौँ निजगढ राजमार्गको निर्माण कार्य चाँडै पूरा गर्ने घोषणा गर्दै अर्थमन्त्री पौडेलले यसका लागि १० अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका छन् । –

प्रकाशित मिति : १५ जेष्ठ २०७३, शनिबार  १२ : ५८ बजे