३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्रज्ञा प्रतिष्ठानद्धारा फुलसिंह राजवंशी सम्मानित


८ जेष्ठ २०७३, शनिबार  

0
Shares

fulsingh

काठमाडौं /  नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार एक कार्यक्रम आयोजना गरी फुलसिंह राजवंशीसहित १३ जना स्रष्टाहरुलाई सम्मानित गरेको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित “प्रज्ञा पुरस्कार वितरण समारोह” मा राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाहरुलाई सम्मानित गर्नुभएको थियो ।  नेपाली भाषा वाङमय विद्या क्षेत्रका विविध विधामा तथा मातृभाषामा उल्लेखनिय योगदान पुर्‍याउने हुने तथा अथक साधना गर्नुहुने साहित्यकार तथा प्राज्ञहरुलाई सम्मानित गर्नुभएको थियो । यसरी सम्मानित हुनेमा एक लाख रुपैयाँको नेपाल प्रज्ञा भाषा पुरस्कारद्धारा प्रा. डा. माधव प्रसाद पोखरेल, प्रा. डा. नोबल किशोर राई, एक लाख रुपैयाँकै नेपाल सामाजिक शास्त्र संस्कृति र दर्शन पुरस्कारद्धारा डा. राजेन्द्र प्रसाद विमल र डा. जगमान गुरुङ, एक लाख रुपैयाँको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्धारा दधिराज सुवेदी, गीता केशरी र नरेश कुमार शाक्य हुनुहुन्छ । त्यसैगरी पचास हजार रुपैयाँको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारद्धारा धनप्रसाद लावति(लिम्बु भाषा), प्रतिसरा सायमी (नेपाल भाषा), गडुलमान राई(राई चाम्लिङ्ग), महेश चौधरी(थारु भाषा), सचिदानन्द चौबे(अवधि भाषा) र फुलसिंह राजबंशी (राजबंशी भाषा) हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा भएको समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक तथा संस्कृति तथा पर्यटन मन्त्री आन्नद प्रसाद पोखरेल, नेपाल प्रज्ञा पतिष्ठान भु.पु कुलपति बैरागी काइला,  नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य सचिव जितेन्द्रदेव गिरीको उपस्थिती थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाहरुको सम्मानले राष्ट्र नै सम्मानित हुने कुरा बताउनु भएको थियो । राष्ट्रपति भण्डारीले परापुर्वकाल देखि अग्रज स्रष्टाहरुले राष्ट्रलाई योगदान गरेको र भाषा साहित्य, संस्कृति र कला भनेका राष्ट्र निधि, गौरवका विषय भएका बताउनुभयो ।  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य सचिव जितेन्द्रदेव गिरीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री आन्नद प्रसाद पोखरेल स्रष्टाहरुलाई जति नै प्रशंसा गरे थौरे हुने बताउनु भएको थियो । स्रष्टाहरुलाई राष्ट्रलाई विश्वमा चिनाउने बताउनुभयो ।
त्यसैगरी प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले स्वागत मन्तव्य दिदै प्रतिष्ठानले स्रष्टाहरु राष्ट्रका अमुल्य निधि हुन भनेर उहाँहरुलाई सम्मान गरेको बताउनुभयो । प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले प्रतिष्ठानले निश्चित कार्यविधि भित्र रहेर पारर्दशी तवरबाट स्रष्टाहरुलाई सम्मान गरिएको बताउनुभयो । त्यसैगरी पुरस्कृत प्रा. डा. माधव प्रसाद पोखरेले आफुले पुरस्कार पाउदाँ मात्र उचित मुल्याकंन भएको जस्तो लागेपनि पुरस्कार र सम्मान न्यायपुर्ण हुनु पर्ने बताउनुभयो ।
नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार(राजबंशी भाषा) २०७२ द्धारा सम्मानित फुलसिंह राजबंशी हालको राजबंशी समाज विकास समिति (राजबंशी भाषा प्रचार समिती)का संस्थापक अध्यक्ष हुन । उहाँले राजबंशी भाषा विकास, प्रचार र शिक्षाका लागि अवनरत रुपले योगदान पुर्‍याउनु भएको छ । पंचायत कालमा राजबंशी भाषा प्रचार समिति स्थापना गर्दा जेलनेल भोगेका उनको कृतिहरुमा सामाजिक उपन्यास ‘माला’, समाज उपयोगी पुस्तक ‘बहुबेटी बाचाअ’, ‘साधारण शब्दावली’, ‘राजवंशी भाषा साहित्य, संस्कृति आर इतिहास’, ‘राजवंशी संस्कृति’ आदि छन ।  २०३० सालमा वहाँकै सम्पादनमा ‘भोर’ सामयिक संकलन प्रकाशित भएको थियो भने २०५४ सालमा वहााकै सम्पादनमा ‘उदय’ सामयिक संकलन प्रकाशित भएको थियो  ।

प्रकाशित मिति : ८ जेष्ठ २०७३, शनिबार  ७ : १० बजे