२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

राजवंशी भाषामा बाइबल प्रकाशित हुने


५ जेष्ठ २०७३, बुधबार  

0
Shares

दमक  /  राजबंशी भाषामा पनि बाइबल प्रकाशित हुने भएको छ ।
२०६५ सालमा बाइबलको नयाँ करार अनुवाद भएर प्रकाशन भइसके पछि राजबंशी भाषामा बाइबल अनुवादको काम केही समयको लागि रोकिए पनि सो कार्यलाई निरन्तरता दिन नयाँ समित निर्माण भएको छ । झापाको लखनपुरमा बैशाख १९ गते टंक राजवंशीको संयोजनमा पाडाजुंगी बप्तिस मण्डली (चर्च) मा भएको भेलाले तदर्थ राजबंसि भासि बाइबल अनुवास समिति गठन गरेको छ । समितिको  अध्यक्षमा बलराम राजवंशी, उपाध्यक्षमा धनन्जय राजवंशी र सामुएल राजवंशी, सचिवमा शिवराम राजवंशी, सहसचिवमा मुक्ति राजवंशी, कोषाध्यक्षमा दुर्गा राजवंशी र सदस्यमा श्री जयप्रकाश राजवंशी गरि जम्मा ७ सदस्यीय अनुवाद समिति गठन गरिएको छ ।  साथै समितिको सल्लाहकारमा टंक राजवंशी र अमृत राजवंशी रहेका छन् । भेलामा झापा र मोरंग भरिको विभिन्न मण्डली (चर्च) हरुबाट पास्टर, अगुवाहरु उपस्थित भएका थिए ।
समितिका सल्लहकार अमृत राजवंशीले अनुवाद समितिले अब प्रकाशन भइसकेको बाइबल नयाँ करारको प्रयोग, अडियो बाइबल (नयाँ करार) को रेकर्डिंग र बाइबल (पुरानो करार) अनुवादका कामहरुलाई मार्ग निर्देशन गर्नेछ  र सुरुवातमा जेठ १३ देखि १४ गते सम्म राजबंशी भाषी आत्मिक जागृति सम्मेलन आयोजना गरेर अनुवादको कामलाई गति दिइनेछ ।  झापाको लखनपुरमा अवस्थित पाडाजुंगी बप्तिस मण्डली (चर्च) मा भएको उक्त सम्मेलनमा झापा र मोरंग साथै देशको अन्य ठाउँहरुबाट राजवंशी भाषी इसाई विश्वासीहरु उपस्थिति  हुनेछन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७३, बुधबार  ८ : ०३ बजे