१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मदन भण्डारी उपाधि नजिक


१ जेष्ठ २०७३, शनिबार  

0
Shares

जेष्ठ १,  विराटनगर / सशस्त्र प्रहरी बलको एपीएफलाई सडन डेथमा ८–७ ले पन्छाउँदै शुक्रबार आयोजक टिम मोरङको उर्लाबारीमा जारी पाँचांै मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा फाइनल प्रवेश गरेको छ। उसले उपाधिका लागि आर्मी र बीआरसी, भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

निर्धारित र अतिरिक्त समयको खेलमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा पनि बराबर भएपछि सडन डेथबाट नतिजाको छिनोफानो भएको हो। सडन डेथमा एपीएफका रूपक लामाको प्रहार बाहिरियो।

आयोजकका दीपक राई, रजिन धिमाल, विक्रम लिम्बू, योगेश गुरुङ र विजय धिमालले गोल गर्दा एपीएफका आदित्य चौधरी, नवीन लामा, मिलन राई, श्याम नेपाली र हरि कार्कीको प्रहार गोलमा परिणत भएको थियो।

सडन डेथमा आयोजकका विक्रम लिम्बू र देवेन्द्र तामाङको प्रहार गोलमा परिणत हुँदा एपीएफका राजेन्द्र रावलको प्रहार मात्र गोलमा परिणत भयो।

निर्धारित समयको खेलमा भने एपीएफले २९ औं मिनेटमा हरि कार्कीको गोलबाट अग्रता लिएको थियो। आयोजकका कर्ण लिम्बूले ३५ आंै मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। लिम्बूलाई गोलका लागि दीपक राईले पास मिलाइदिएका थिए।

खेलमा आयोजकका रजिन धिमाल ‘म्यान अफ द म्याच’ घोषित भए। नेपाल आर्मी र बीआरसी भुटानबीच शनिबार दोस्रो सेमिफाइनल खेल हुनेछ।

प्रकाशित मिति : १ जेष्ठ २०७३, शनिबार  ४ : ०२ बजे