१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बजार व्यवस्थापन समितिको अध्यक्षमा दंगाल


३० बैशाख २०७३, बिहिबार  

0
Shares

खजुरगाछी  /  झापाको दक्षिण पश्चिम गाविस खजुरगाछीको पुरानो बजार महेन्द्रनगर बजारलाई व्यवस्थित गर्न अर्जुन दंगालको अध्यक्षतामा बजार व्यवस्थापन समिति गठन भएको छ ।
खजुरगाछी गा.वि.सका सचिव नारायण प्रसाद चँदराको अध्यक्षामा बसेको आम भेलाले मंगलबार अध्यक्षसहित १५ सदस्यीय बजार व्यवस्थापन समिति गठन भएको हो । समितिको उपाध्यक्षमा पर्वत राजवंशी र धन बहादुर थापा, सचिवमा दीक्षा घिमिरे, सहसचिवमा मेघराज राजवंशी, कोषाध्यक्षमा राधाअधिकारी रहेका छन् । त्यसैगरी सदस्यमा गोपाल पौडेल, मुकेश साह, चंदा दर्नाल, कमल प्रसाद राजवंशी, सीताराम ढकाल, नगेन्द्र डाँगी, सहदेव खड्का, मायानन्द यादव र एक जना वाणिज्य संघ प्रतिनिधी रहेका छन् । समितिले बजारको वास्तविक जग्गाको सिमांकन गरी बजारलाई  व्यवस्थित गर्न ढक  निकास, सरसफाई, टहराको व्यवस्थापन र व्यापारीहरुको बस्ने ठाउँको  उचित व्यवस्थापन गर्ने छ ।

प्रकाशित मिति : ३० बैशाख २०७३, बिहिबार  २ : ३३ बजे