आदिवासी कोच समुदायमा भुजा घरमै बनाएर बिहानको नास्ताको रुपमा खाने गर्दछन् । जुन स्वास्थ्यपरक छ । चाडपर्व होस् या घरमा आएको पाउनालाई स्वागत गर्न पनि नास्ताको रुपमा भुजा नै प्रयोग गर्ने चलन छ । तर, अचेल रेडिमेट मेसिनबाट बनाएको भुजा (चलानी भुजा) प्राय: प्रयोग भएको पाइन्छ । भुजा बनाउने सिपलाई व्यवस्थित गरी सरकारी तबरबाट प्रोत्साहान गर्न सकियो भने राष्ट्रिय तथा अन्तराष्ट्रियकरण गरी विश्व बजारमा यसको उत्पादन लान सकिन्छ ।
२७ बैशाख २०७३, सोमबार
0
Shares