१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बेस्ट लुक्स अवार्ड प्रेरणालाई


२१ बैशाख २०७३, मंगलबार  

0
Shares

काठमाडौं /  झापा डाँगीबारीकी प्रेरणा राजवंशी ‘स्कुल प्रिन्सेस नेपाल २०१६’ को बेस्ट लुक्स अवार्ड  उपाधि चुमन सफल भएकी छन् । काठमाडौंको नयाँबजारमा बुबा गोपाल राजवंशी र आमा कृष्ण कुमारी राजवंशीसंग बस्दै आएकी  प्रेरणा सो उपाधि हात पार्न सफल भएकी हुन । नयाँबजार काठमाडौंस्थित रोजवड  स्कुलमा कक्षा ८ मा अध्ययरत प्रेरणा सानैदेखि विलक्षण प्रतिभावान  विद्यार्थीको रुपमा  परिचित थिइन  । आर.के इन्टरमेन्ट ग्रुपद्वारा आयोजित यस प्रतियोगितामा उनी अन्तिम स्पर्धा लागि करिब एक महिनायता विभिन्न व्यक्तित्व विकाससम्बन्धि प्रशिक्षण लिएकी  थिइन् । बुबा गोपाल राजवंशीले आफ्नी छोरी बेस्ट लुक्स अवार्ड पाएकोमा आफु अतिनै हर्षित भएको सुनाए । उनले भने –‘ छोरीको जित भनेको मेरो जित हो, मेरो परिवार अनि समाजको जित हो । छोरी प्रेरणाको जितमा सहयोग गर्ने सबैमा मेरो नमन छ ।’   स्कुल लेवलका छात्राको बौद्विकता एवं प्रतिभा र व्यक्तितत्व मापन गर्ने उद्येश्यले यो कार्यक्रम आयोजना गरिएको ग्रुपका अध्यक्ष राम केसीले बताए  ।   यो प्रतियोगितामा काठमाडौं उपत्यकाका विद्यालयका कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई समावेश गराइएको थियो ।    prena photo1

प्रकाशित मिति : २१ बैशाख २०७३, मंगलबार  ३ : ५९ बजे