११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट !


१९ बैशाख २०७३, आइतबार  

0
Shares

के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ ।

हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो होइन, यी मानिसका कारण तपाइँको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।

वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन । यस्तो अधिकार तथा सुविधा र क्षमता केवल फेसबुकमा मात्रै छ ।

फेसबुक कम्पनीले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ । फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई यस्तो अधिकार तथा सुविधा दिएको हो फेसबुकले ।

फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलार्य दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन ।

किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो ।facebook

प्रकाशित मिति : १९ बैशाख २०७३, आइतबार  ९ : ५४ बजे