११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

झापाबाट १७० जनाले अंगीकृत नागरिकता लिए


१५ बैशाख २०७३, बुधबार  

0
Shares

बिर्तामोड १५ , वैशाख / संविधानसभाबाट नयाँ संविधान जारी भएपछिको सात महिनामा नेपालीसँग विवाह गरेका ३ हजार ६ सय ७२ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।
झापाबाट मात्रै १ सय ७० जनाले यस्तो नागरिकता पाएका छन् । संविधान जारी भएपछि तराई–मधेसका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनेको संख्या बढदै गएको छ । उनीहरूले तराई–मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन् ।
वैवाहिक अंगीकृत पाएकाहरूमा अधिकांश नेपालीसँग विवाह गरेका भारतीय चेली रहेको जानकारी तराई–मधेसका जिल्लाका प्रशासकहरूले दिएका छन् । असोज ३ मा संविधान जारी भएपछि पुस मसान्तसम्मको चार महिनाको अवधिमा १ हजार ७५ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका थिए ।
माघदेखि चैत मसान्तसम्मको तीन महिनाको अवधिमा साढे दुई गुना बढी अर्थात् २ हजार ५ सय ८८ ले अंगीकृत नागरिकता लिएका छन् । संविधानले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई अंगीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । यसअघिको संविधानमा समेत यस्तो व्यवस्था थियो ।
नेपालमा जारी नयाँ संविधानले नेपाली पुरुषसँग विवाह गरेका भारतीय ९विदेशी युवतीलाई नागरिकतामा विभेद गरेको दाबी र झूटो प्रचार भारतीय सञ्चार माध्यम र नेपालकै तराई–मधेसका जिल्लाहरूमा भइरहेको छ । गृह मन्त्रालय स्रोतले महिलामाथि नयाँ संविधानले कुनै विभेद नगरेको उल्लेख गर्दै जारी भएपछिको सात महिनाको अवधि अर्थात् चैत मसान्तभित्र ३ हजार ६ सय ७२ वटा वैवाहिक अंगीकृत नागरिकता वितरण भइसकेको जानकारी दिएको हो ।
नयाँ संविधानले अंगीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रimages1मुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ । नेपाली पुरुषसँग विवाह गरी अंगीकृत नेपाली नागरिकता पाएका १२ भारतीय चेली व्यवस्थापिका संसदको सदस्य छन् । उनीहरूमध्ये धेरैजसोले संविधानसभाबाट जारी संविधानमा हस्ताक्षरसमेत गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७३, बुधबार  १२ : २५ बजे