३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

देउवा र विदेशमन्त्री स्वराजबीच भेटवार्ता


९ बैशाख २०७३, बिहिबार  

0
Shares

वैशाख १० ,  काठमाडौं /  deuba श्रीमतीको स्वास्थ्य उपचार क्रममा दिल्ली आएका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

स्वराज निवासमा बिहिबार दिउँसो भएको भेटवार्तामा नेपालको समसामयिक राजनीतिक स्थिति एवं भूकम्पपछिको पुनर्निर्माण परियोजनाका बारे चर्चा भएको थियो । स्वराजले हालै कांग्रेस पार्टीको निर्वाचित सभापति बनेकोमा नेता देउवालाई बधाइ ज्ञापन गर्दै नेपालको समुन्नत विकास, शान्ति र स्थिरताका दिशामा भारतीय सद्भाव यथावत रहेको बताएकी थिइन् ।

आधा घण्टा लामो भेटवार्तामा राजदूत दीपकुमार उपाध्याय तथा भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख अभय ठाकुरलगायतको उपस्थिती थियो । राजदूत उपाध्यायले विदेश मन्त्रीको व्यस्त समय तालिकामाझ नेता देउवासँग शिष्टाचार भेटवार्ता मात्रै भएको जानकारी दिए ।

श्रीमती आरजु देउवाको स्वास्थ्य उपचार क्रममा तीन दिनअघि दिल्ली आएका देउवाले कुनै प्रकारको राजनीतिक भेटघाट नहुने बताएपनि बिहिबार पहिलोपटक विदेशमन्त्री स्वराजसँग भेट गरेका हुन् ।
सहयोगी भानु देउवाका अनुसार बुधबार मात्रै हिप रिप्लेसमेन्ट शल्यक्रिया भएर श्रीमती आरजु अझै केही दिन अस्पतालमैं रहने भएकाले नेता देउवा नेपाल फर्कने टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७३, बिहिबार  ११ : ४८ बजे