१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालको सनसनीपूर्ण विजय


६ बैशाख २०७३, सोमबार  

0
Shares

काठमाडौं  ६,  वैशाख /  विश्व क्रिकेट लिग च्याम्पियनसीपको तेस्रो चरणमा नेपालले दुवै खेलमा जीत हात पारेको छ ।

कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नामिबियाबिरुद्ध दोस्रो जित आत्मसाथ गरेको हो ।

सोमबार भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यसअघि शनिबार सम्पन्न खेलमा पनि नेपालले ५ विकेटको जीत हात पारेको थियो ।

कप्तान पारस खड्काको कप्तानी पारीको सहयोगमा नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले अन्तिम बलमा बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेले ।

Paras-Khadka-1031त्यस्तै तेस्रो नम्बरमा आएका ब्याट्सम्यान शरद भेषावकरले पनि ७७ रनको अविजित योगदान गरे । उनले १०७ बलमा ६ चौका प्रहार गरे । उनले लगातार दोस्राे पटक म्याच विनिङ पारी खेले । यसअघि शनिबार भएको खेलमा पनि उनले बिजयी रन प्रहार गरेका थिए ।

सुरुवाती ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल २२ र नरेश बुढायर ६ पेविलियन फर्किएपछि आएका शरद र पारसले तेस्रो विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालको जीतको ठोस आधार तय भएको थियो ।

नेपालका लागि राजेश पुलामीले १ रनमात्र जोड्न सके भने विनोद भण्डारीले १२ र रनको अविजित पारी खेले ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार गरेको थियो । नामिबियाका लागि ओपनर कप्तान स्टेफल बार्डले ५१ र जेन गि्रनले ४७ रन बनाएका थिए । त्यस्तै सरेल बर्गरले पनि ४३ रनको अविजित पारी खेलेका थिए ।

बलिङतर्फ नेपालका स्पिनरहरु शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछानेले २/२ विकेट लिए । नामिबियाका तीन ब्याट्सम्यान रनआउट भएका थिए ।

विश्व क्रिकेट लिगमा नेपालले दुई खेल जीतेर ४ अंक जोडेको छ । यसअघिका दुई चरणमा नेपालले क्रमसः नेदरल्याण्ड र स्कटल्याण्डसँग पराजित भएको थियो । नेपालले यसअघिका चारै खेलमा पराजय ब्यहोरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७३, सोमबार  १२ : ०५ बजे