३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

स्थानीय निकायको निर्वाचन घोषणा हुन्छ : मन्त्री राई


५ बैशाख २०७३, आइतबार  

0
Shares

विराटनगर ५, वैशाख / संचारमन्त्री शेरधन राईले नयाँ बजेटसँगै सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायको निर्वाचनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।

स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा आम जनतालाई मार परेको भन्दै मन्त्री राइले निर्वाचन गर्नेमा सबै दल सहमत हुने आशा ब्यक्त गरे ।

सरकारले वर्षायाम अघि नै भुकम्प पीडितहरुलागि सामुहिक आवास निर्माण गरिसक्ने उनको भनाई थियो ।

मन्त्री राईले विगतमा भएको भद्र सहमतिको पालना गर्दै नेपाली कांग्रेस सरकारमा सामेल हुनुपर्ने पनि बताए । सरकारले मधेशी मोर्चासँग वार्ता गरी समस्याको समाधान खोज्ने उनको भनाई थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७३, आइतबार  ११ : ३९ बजे