१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काठामाडौंमा आदिवासीहरुले मनाए सिरुवा पर्व


३ बैशाख २०७३, शुक्रबार  

0
Shares

siruanकाठमाडौं ३, चैत /राजबंशी समाज विकास उपत्यका क्षेत्रिय समितिको आयोजनामा  विहिबार काठामाडौंको  खुलामञ्चमा सिरुवा पर्व भव्यताका साथ सम्पन्न गरेको छ । तराईका आदिबासी समुदायले मनाउने महान चाड सिरुवा पर्वको अवसरमा काद(हिलो) सिरुवा खेल्दै सम्पन्न गरेको हो ।  कार्यक्रममा माननीय उपप्रधानमन्त्री,  भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजय कुमार गच्छदारज्यूको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । यसैगरी विशिष्ट अथितीहरुमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा एनेकपा माओवादी केन्द्रिय सदस्य  धर्मशिला चापागाई घिमिरे, माननीय सभासद मोहन टुडु(एनेकपा माओवादी), एनेकपा माओवादी पोलिटव्यूरो सदस्य तथा केन्द्रीय मुख्य सचिव प्रल्हाद बुढाथोकी, भुपु प्रतिनिधी सांसद नारायण सिहं राजबंशी(नेकपा एमाले), कोचिला राज्य संयोजक विद्यान्नद राजबंशी, ताजपुरिया कल्याण परिषदका अध्यक्ष सहदेब ताजपुरियालगायत राजबंशी समाज विकास उपत्यका क्षेत्रिय समितिका सल्लहाकारहरुको उपस्थिती थियो । माननीय उपप्रधानमन्त्री,  भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजय कुमार गच्छदारले पुर्व तराइका राजबंशी, थारु, ताजपुरिया, गन्गाइ, सन्थाल, उरावा लगायतले मनाउने महान चाड सिरुवाको ठुलो महत्व रहेको र सिरुवा पर्वको  कार्यक्रमहरु गरी राज्यको ध्यान आर्कषण गर्नुपर्ने तथा यसको प्रचार प्रसारमा राजबंशी, थारु, ताजपुरिया समुदायहर लाग्नु पर्ने बताएका थिए । यसैगरी उनले आउदो बर्षमा सिरुवा पावनी मनाउनका लागि सहयोग गर्ने र कार्यक्रममा आउने प्रतिवद्धता समेत जनाउनु भएको थियो । संविधान जारी भएको स्थितीमा यसको कार्यान्वयमा यी जातिका भाषा संस्कृतिहरुको संरक्षण गनुपर्ने जिकीर गर्दै नयाँ बर्षमा यो सम्भव हुने तथा समिती, अथिती, सल्लहाकार, सदस्य,आगन्तुकहरुलाई नववर्षको शुभकामना तथा सिरुवाको शुभकामना व्यक्त गर्नुभएको थियो । यसैगरी माननीय सभासद मोहन टुडुले कुनै जातिलाई समाप्त गर्नु छ भने उसको भाषा संस्कृति मारे पुग्छ भन्दै पूर्व तराईका आदिबासी राजबंशी, थारु, ताजपुरिया, सन्थालहरुको भाषा संस्कृति संरक्षण राज्यले गनुपर्ने र यस समुदयका मानिसहरुले गनुपर्ने बताएका थिए । यसैगरी पूर्व स्वास्थ्य राज्यमन्त्री तथा एनेकपा माओवादी केन्द्रिय सदस्य  धर्मशिला चापागाई घिमिरेले आदिबासी राजबंशी, थारु, ताजपुरिया, सन्थालहरुको भाषा संस्कृति लोप हुदै गएकोले यिनीहरुको भाषा संस्कृतिहरु संरक्षण राज्यले गनुपर्ने तथा आफुले यसमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समितीका सल्लाहकार कुलदिप राजबंशीले गनुभएको थियो । कार्यक्रम संचालन राजबंशी समाज विकास उपत्यका क्षेत्रिय समितिका सचिव बसन्त राजबंशी तथा उपाध्यक्ष प्रितम कुमार राजबंशीले गनुभएको थियो । कार्यक्रम बरिष्ठ गायक बलराम राजबंशी र गायक गौतम राजबंशीले गीत प्रस्तुत गरेका थिए । यसैगरी राजबंशी समाज विकास उपत्यका क्षेत्रिय समितिलका वर्तमान अध्यक्ष प्रदिप कुमार राजबंशीले माननीय राजबंशी समासदहरुको स्वागत मन्तव्य सुनाउनु हुदै सिरुवा कार्यक्रममा पाल्नुहुने सबैलाइ धन्यवाद तथा कार्यक्रम सफल बनाइ दिनुभएकोमा प्रमुख अथिती, अथिती, सल्लहाकार, सदस्य तथा आगन्तुकहरुलाई नववर्षको शुभकामना तथा सिरुवाको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७३, शुक्रबार  ७ : ३५ बजे