नेपाली सुगम संगीतक्षेत्रका एउटा पुरानो साधक देवकुमार चौधरी सागीतिक कार्यक्रमको शिलशिलामा भारतको हरियाणा, पन्जाब, चण्डिगढ, दिल्लीलगायत विभिन्न सहरहरुमा सहभागी भएर नेपाल फर्केका छन् । चर्चित तथा सफल गायक–गायिकाहरुको आवाजमा आफ्नो संगीत सृजना गराईसकेका गायक तथा संगीतकार चौधरी भारतमा रहेका नेपालीहरुलाई सांगीतिक मनोरञ्जन दिइ नेपाल फर्केका हुन् ।
एक दर्जन वढी एल्बमहरु बजारमा ल्याइसकेका चौधरीले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा रहेर नृत्य र संगीतक्षेत्रमा लामोसमय काम गरेका छन् । नृत्य र संगीतमा उतिकै पोख्त चौधरी पछिल्लोसमय सांगीतिक क्षेत्रमा आफुलाई व्यवसायिक रुपमा उभ्याईराखेका छन् ।  खासगरी पुर्वेली लोक जीवनहरुको कथा, व्यथा, जीवन भोगाई, प्रेम, करुणा, गाउावेशीका सुसेलीहरु अनि समग्र समाजका आवाजहरुलाई टपक्क टिपेर आफ्नो गीत संगीतमा सजाउान सक्ने क्षमताका धनि गायक एबम् संगीतकार चौधरीले भारतिय नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेर फर्केका छन् ।
यसअघि पनि उत्तस्थानमा आफ्नो सांगीतिक कला प्रस्तुत दिइसकेका चौधरीले यस पटकको भारत भ्रमणले उत्साहित भएको बताए । उनले भने—‘बिगतमा पनि गाएँ, नचाएँ र हँसाए तर यस पटक अलि वेग्लै रुपमा आफुलाई पाए ।’ चौधरीका अनुसार भारतमा वसोवास गरिरहेका नेपालीहरुलाई नेपालको संस्कृति, चााड–वााड, भेष–भुषा, रहनसहनमा रमाउन चाहन्छन् । उनिहरुलाई नेपालमा वस्ने नेपालीहरुले जस्तै भारतमा पनि नेपालीहरुसंग भेटघाट र खुसियाली साटासाट गर्ने गर्छन् । त्यस्तो अवस्थामा मैले आफ्नो नेपाली माटो, धर्म, संस्कृति र रहनसहन सुहाउादो गीतहरु गाएर मनोरञ्जन प्रदान गर्न सकेको गायक चौधरीले बताए । उनले भारतमा वसोवास गरिरहेका नेपालीहरु दाजुभाई र दिदीवहिनीहरुले दिएको माया र सम्मानले अझै केही गर्ने उत्साह पाएको वताए ।
२०६० सालमा पहिलो एल्बम् ‘सुख दु:खका यादहरु’ मार्फत नेपाली सांगीतिक आकाशमा प्रवेश गरेका चौधरीले त्यसअघि रेडियो नेपालमा आफ्ना आवाजहरु रेर्कड गराइसकेका थिए । गायक एबम् सगीतकार चौधरीले ‘लैजा चरी’, ‘प्रशंषा’, ‘अतितका यादहरु’, ‘मेरो माया’ लगायत एल्बमहरु बजारमा ल्याइसकेका छन् । गायक एबम् संगीतकार चौधरीले चाडै ‘चर्चा’ एल्बम् बजारमा ल्याउाने योजना समेत खुलासा गरेका छन् ।
सत्यराज आर्चाय, रामकृष्ण ढकाल, शर्मिला वर्देवा, अन्जु पन्त, हिरादेवी राई, सपना परिवार, पार्वती राई जस्ता चर्चित र सफल गायक गायिकाहरुको आवाजमा चौधरीले आफ्नो संगीत सृजना सजाईसकेका छन् । दीप श्रेष्ठ, शम्भुजीत वास्कोटा, प्रकाश गुरुङ, मनोहर सोनाम लगायत आफ्ना अग्रज गुरु ठान्ने चौधरीले आभा मुकारुङ, अन्जना गुरुङ, बिकाश चौधरी लगायतलाई राम्रो सम्भवाना र आशा देख्ने गरेको वताए ।
प्रथम अन्तराष्ट्रिय आदिवासी अर्वाड २०५९–गायक संगीतकारमा दृतिया, अन्तराष्ट्रिय मोर्डन सङ् एण्ड डान्स प्रतियोगिता १९९८ (भारत)–प्रथम, अधिराज्य व्यापी लोकगीत प्रतियोगीता ०६१–प्रथम भइसकेका छन् । 
३० चैत्र २०७२, मंगलबार
                                0
                           
Shares
                         
                                

 
                                                            




