३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता हुने


२७ चैत्र २०७२, शनिबार  

0
Shares

धाइजन २७, चैत्र / ‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता–२०७३’ को खेल उद्घाटन गर्न उपराष्ट्रपति नन्दकिशोर पुन झापा आउने भएको छ । विषेश राजनीतिक बैठकका कारण बैशाख २ गते पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने नसक्ने भएपछि भलिवल खेलको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने कार्यक्रम तय गरिएको हो । पुन उपराष्ट्रपति भएपछि झापा उनको पहिलो आगमन हो ।
मोफसलमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको भलिवल खेलको  तयारी पूरा भएको आयोजकले जनाएको छ । भलिवल ग्राउण्ड, भलिवल टीम, स्टेज, आगन्तुक खेलाडी तथा प्रशिक्षकको खाना र बस्नको प्रशासनिक तथा सुरक्षा र आर्थिक व्यवस्थापन पूरा भएको अध्यक्ष बालकृष्ण रिजालले बताए ।
खेलको प्रथम पुरस्कारसहित मूख्य प्रायोजक सोनिया घरघडेरी खरिद–बिक्री केन्द्रले ६ लाख प्रदान गरेको छ । रामकुमार कन्दङवाले दोश्रो पुरस्कार र वि एण्ड सी हस्पिटल रिसर्च सेन्टरले तेश्रो पुरस्कार प्रदान गर्ने भएको छ । । प्रतियोगितामा पहिलो पुरस्कार राशी नगद ३ लाख १५ हजार, त्यसैगरी दोश्रो पुरस्कार नगद १ लाख ७५ हजार तथा तेश्रो पुरस्कार १ लाख १० हजार सिल्ड ट्रफि तथा प्रमाणपत्र रहेको छ भने उत्कृष्ट खेलाडीलाई २५ हजार नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने सम्मेलनमा व्यवस्थापन समितिका महासचिव नरेस मोहराले बताए ।
राष्ट्रिय भलिवल प्रतियोगितामा ८ वटा टिमले १५ वटा खेल खेल्नुपर्नेछ । जसमा १/१ पोलमा ६/६ वटा तथा ३ वटा लिगमा खेल्ने नेपाल भलिव संघका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले जानकारी दिए । प्रतियोगितामा पााच विकास क्षेत्रमध्येबाट ३ वटा टीम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, तथा जाउलाखेल भलिवल क्लबको गरी ८ टीमले सहभागिता जनाउनेछन् । उक्त खेल भव्य र सव्य ढंगले सञ्चालन गर्नका लागि २१ लाख अनुमानित लागत लाग्ने आर्थिक समितिका दीपेश राई गोरेले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७२, शनिबार  ११ : ०५ बजे