३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

महिला हिंसा विरुद्ध रर्‍याली


२७ चैत्र २०७२, शनिबार  

0
Shares

विर्तामोड २७, चैत / फेसवुक पेज हेल्पिङ हेन्डस (नयाा सुरुवात) को आयोजनामा शनिवार विर्तामोडमा महिला हिासा विरुद्धको रर्‍याली सम्पन्न भएको छ ।  विर्तामोडको मुक्ति चोकबाट सुरु भएको रर्‍याली नगर परिक्रमा गरि पुन: दुर्गा मन्दिर परिसरमा आएर कोणसभामा परिणत भएको थियो । रर्‍यालीलाई नेप्लिज टिन्स, क्रियटिभ्स युथ नेटवर्क, इभेक्टीभ ग्रुप, गल्र्स राइजिङ रुम, फ्युचर स्टार युथ क्लब लगायतले सहयोग गरेका थिए । हेल्पिङ हेन्डस एडमिन समिरा शिवाकोटीको संयोजकत्वमा भएको कोणसभालाई बर्षा सुब्वा, मनिस बस्नेत, सागर रोक्का, सविन अधिकारी, श्याम प्रसाद ढकाल, अशोक गिरी, एस.पी उप्रेती लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमका वक्ताहरुले महिला हिासा न्युनिकरणका लागी युवा शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । कोणसभाको संचालन मिराज पोख्रेलले गरेका थिए । helps

प्रकाशित मिति : २७ चैत्र २०७२, शनिबार  १० : ५७ बजे