११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

राजवंशी समाज विकास समितिको भवन शिलान्यास हुने


२५ चैत्र २०७२, बिहिबार  

0
Shares

विर्तामोड २५, चैत / राजवंशी समाज विकास समिति जिल्ला कार्य समितिको विर्तामोड नगरपालिका स्थित रितनबारीमा रहेको जग्गामा सभा हलसहितको २ तल्ले भवनको शिलान्यास हुने भएको छ ।  बैशाख ४ गते हुने शिलान्यास कार्यक्रममा भवन निर्माणका लागि ५लाख रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाताहरुको तीन पुस्तेसहित  ताम्रपत्रमा नाम लेखिने   राजवंशी समाज विकास समितिका झापा जिल्ला अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले बताए । साढे ५ कठ्ठा जग्गामा भवन निर्माणार्थ  ११ हजार भन्दा कम रुपैयाँ सहयोग गर्ने दातालाई भित्तामा नाम लेखिने, ११ हजार रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाताहरुको शिलालेखमा नाम लेखिने र  ५१ हजार रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाताहरुलाई प्रमुख अतिथिबाट विशेष सम्मान गरिने अध्यक्ष राजवंशीले जनाएका छन् । भवन निर्माणका लागि यस अघिनै विर्तामोडका जौहारी राजवंशी, जितेन्द्र राजवंशी, भीमप्रसाद राजवंशी, दुर्गा प्रसाद राजवंशी र दीपेन्द्र राजवंशीले जग्गा दान दिएका हुन् । करिब १ करोड रुपैयाँ बराबरको जग्गामा निर्माण हुन लागेको भवन बनाउन ८० लाख रुपैयाँ खर्च हुने उनले बताए ।   भवन निर्माणका लागि प्रत्येक गाउँ समितिबाट ११ हजार रुपैयाँ संकलन गरिने र विभिन्न चन्दादाता, समाजसेवी, व्यापारी, बुद्विजीवि, संघ संस्थालाई सहयोगका लागि अनुरोध गरिने जनाइएको छ  ।

प्रकाशित मिति : २५ चैत्र २०७२, बिहिबार  ८ : ४१ बजे