१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दशनामी समाजको भवन निर्माण


२३ चैत्र २०७२, मंगलबार  

0
Shares

बिर्तामोग २३,चैत / नेपाल दशनामी समाज झापाले बुट्टावारीमा भवन निर्माणका लागि सहयोग संकलनमा तीब्रता दिएको छ ।
समितिको टोलीले भद्रपुर र पृथ्वीनगरमा उत्साहजनक रुपमा सहयोग संकलन गरेको जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार भद्रपुरमा बसोबास गर्ने दशनामी समाजको २९ परिवारबाट १ लाख ७८ हजार रुपैयाा र पृथ्वीनगरमा बसोबास गर्ने २९ दशनामी परिवारबाट एक लाख ३८ हजार रुपैयाा संकलन भएको छ ।
भवन निर्माणका लागि अध्यक्ष गिरी केन्द्रीय उपाध्यक्ष गाोविन्दविक्रम गिरी, संरक्षक भरतलाल गिरी, केन्द्रीय सदस्य डम्बर वन, समाजका उपाध्यक्ष एवम् आर्थिक समिति संयोजक खिलबहादुर गिरी  (राजु),उपाध्यक्ष एलबहादुर गिरी, सचिव राजनकुमार गिरी तथा बालकृष्ण गिरी, पदमबहादुर पुरी लगायतको टोली विभिन्न ठाउा तथा नगरमा आर्थिक संकलन गर्न जुटेको छ ।
त्यस्तै टोलीमा समाजका सदस्य सन्तोष गिरी, नरबहादुर वन, कृष्णबहादुर वन, कृष्णप्रसाद वन, शिवलाल गिरी, पार्वता गिरी लगायतको टोली पनि आर्थिक संकलनमा जुटेको छ ।
झापाका शनिअर्जुन–९ स्थित बुट्टाबारी चौकमा समाजसेवी मानबहादुर गिरीले नि:शुल्क प्रदान गरेको ४ कठ्ठा जग्गामा यत्तल भवन निर्माण हुन लागेको हो ।समाजका उपाध्यक्ष एवम् आर्थिक समिति संयोजक खिलबहादुर गिरी  (राजु)ले भवन निर्माणका लागि आर्थिक सहयोग गर्न देश–विदेशमा रहेका सबै दशनामी बन्धु तथा संस्थालाई अपिल गरेका छन् । सभाहलसहितको दुई तले उक्त भवनको लागत एक करोड रुपैयाा अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७२, मंगलबार  ७ : २४ बजे