१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामसुङ विरुद्ध पेलेको मुद्दा


२० चैत्र २०७२, शनिबार  

0
Shares

महान ब्राजिलियन फुटबलर पेलेले इलेक्ट्रोनिक्स कम्पनी सामसुङ विरुद्ध मुद्दा हालेका छन् । सामसुङले एक विज्ञापनमा प्रयोग गरेको तस्वीरको विषयमा पेलेले मुद्धा हालेका हुन् ।

अमेरिकाको शिकागोस्थित जिल्ला अदालतमा पेलेले दायर गरेको मुद्धामा सामसुङबाट कम्तिमा ३ करोड अमेरिकी डलर क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका छन् ।

सामसुङको अल्ट्रा एच डी टेलिभिजनको विज्ञापनमा आफ्नो अनुमति विना आफ्नो जस्तै तस्वीर प्रयोग गरिएकोमा ७५ वषर्ीय पेलेले सामसुङ विरुद्ध मुद्दा हालेको बताइएको छ ।

सामसुङले न्योयोर्क टाइम्समा प्रकाशन गरेको विज्ञापनमा पेलेजस्तै मुखाकृति भएको एकजना मानिसको प्रयोग गरिएको छ । त्यस्तै पेले चर्चित ब्राण्डको रुपमा रहेको फुटबलको बाइसाइकल तथा सिजर किक हानिरहेको एक फुटबल खेलाडिको तस्वीर पनि विज्ञापनमा प्रयोग गरिएको छ ।

आफ्ना उत्पादनहरुमा पेलेको तस्वीर प्रयोग गर्ने विषयमा सन् २०१३ मा भएको छलफल असफल भएसँगै सामसुङले पेले जस्तै देखिने मानिसलाई विज्ञापनमा देखाएको हो ।

विश्वका विभिन्न ब्राण्डहरुको लोकार्पणमार्फत मोटो आम्दानी गरिरहेका पेलेले सामसुङको पछिल्लो कदमबाट आफ्नो अधिकार हनन भएको र आफुले सामसुङका प्रडक्टलाई समर्थन गरेको भन्ने भ्रम उपभोक्तामा जाने उनको दाबी छ ।

पेलेले सामसुङबाट क्षतिपूर्ति भराइदिनुका साथै भविष्यमा आफ्नो तस्वीर अनुमति विना प्रयोग गर्नबाट रोक लगाउन पनि माग गरेका छन् ।

पेलेको तर्फबाट उनको आइपी अनरसिप एलएलसीले मुद्दा दायर गरेको छ । यसले पेलेको ट्रेडमार्क तथा प्रकाशन अधिकारको स्वामित्व लिएको छ ।

पेलेका वकिल फ्रेडरिक स्पेर्लिंग हुन् जसले यसअघि चर्चित अमेरिकी बास्केटबल खेलाडि माइकल जोर्डनलाई पनि मुद्दा जिताएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७२, शनिबार  २ : ०६ बजे