१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुधबारेमा क्षमता अभिबृद्धि तालिम


२० चैत्र २०७२, शनिबार  

0
Shares

बुधबारे २०, चैत / बुधबारे जेसीजले शनिबार बुधबारेमा क्षमता अभिवृद्धि तथा पार्लियामेन्टरी प्रोसिडोर सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम  सम्पन्न गरेको छ । प्रशिक्षणमा बुधबारे जेसीजका पदाधिकारी सहित ५० बढीको सहभागीतामा रहेको थियो ।
बुधबारे जेसीजका अध्यक्ष जेसी सेमन्त पोख्रेलको सभापतित्व र नेपाल जेसीजका सन् २०१५ का केन्द्रीय कार्यकारीणी  उपाध्यक्ष प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । तालिममा सन् २०१५ का केन्द्रीय कार्यकारिणी  उपाध्यक्ष अधिकारी, साइनो सोसल काउन्सुलर जेसी गोविन्दराज कट्टेल र दमक जेसीजका पूर्व अध्यक्ष तथा सिनेटर घनश्याम कोइरालाले संयुक्त रुपमा सहभागीलाई  जेसीज के हो ? त्यसको विकासक्रम, सकारात्मक सोच, युवाले तय गर्नुपर्ने लक्ष्य तथा मिटिङ लगायत जेसीजका कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने लगायतका विषयमा जानकारी गराएको बुधबारे जेसीजका उपाध्यक्ष जेसी अनिल वाग्लेले जनाएका छन् । महासचिव जेसी प्रकाश भण्डारीले संचालन गरेको कार्यक्रममा प्रशिक्षकहरुलाई बुधबारे जेसीजको तर्फबाट मायाको चिनो प्रदान समेत गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७२, शनिबार  १ : ४७ बजे