४ असार २०८३, बिहिबार | Fri Jun 19 2026

कृषि विकासले दियो ट्याक्टर


१३ चैत्र २०७२, शनिबार  

0
Shares

भद्रपुर । कृषिमा यान्त्रिकरण सहयोगका लागि जिल्ला कृषि विकास कार्यालय झापाले सहकारी स्कीम कार्यक्रम अन्र्तगत एक थान ट्याक्टर प्रदान गरेको छ ।

भद्रपुर १२ स्थित प्रकाश कृषि सहकारी संस्थाका लागि खेतीवाली लगाउन ४३ प्रतिशत अनुदानमा आज एक थान ट्याक्टर प्रदान गरिएको हो ।

सहकारीका अध्यक्ष चूडामणि मैनालीको अध्यक्षता तथा स्थानीय विकास अधिकारी खेमराज ओझाको प्रमुख आतिथ्य र जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत मेघराज तिम्सेनाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा निजामती कर्मचारी संगठन झापाका अध्यक्ष लक्ष्मी गुरागाई, जिविस झापाका योजना अधिकृत दिपक दाहाल, समाजसेवी दुर्गा भट्टराईलगायतले कृषिको अनुदानले बाँझो जमिन हटाउन hide महत्वपूण भूमिका खेल्ने धारणा राखे ।

प्रकाशित मिति : १३ चैत्र २०७२, शनिबार  ४ : ३६ बजे