३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

‘अर्को जुनी कुन्नी’


१८ चैत्र २०७२, बिहिबार  

0
Shares

rajesh and rekha

 

 

 

 

जब, गायक राजेश पायल राई स्टजमा पुगे, उनले नायिका रेखा थापालाई पनि बोलाए । रेखा पनि स्टेजमा पुगिन् । ‘हामी उठ्ने छौ’ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा रेखा स्टेजमा पुग्ने वित्तिकै राजेश पायलले उनको हात समाए । रेखाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ हेरिदिन दर्शकसँग आग्रह पनि गरे । यसपछि त के चाहियो र, सुरु भयो सांगीतिक माहोल ।

रेखाले नै संगीत भरेको चलचित्र ‘रामप्यारी’को ‘अर्को जुनी कुन्नी’ बोलको गीत राजेशले गाए । रेखा पनि के कम, राजेशसँगै गीत गाइन् । यो गीतमा रेखाको नै संगीत छ ।

रेखा र राजेश आफूहरुलाई नजिकका साथी मान्छन् । यसैले पनि रेखाको चलचित्रमा राजेशको स्वर समावेश भएकै हुन्छ । राजेश पनि स्टेज कार्यक्रममा रेखाको चलचित्रको प्रमोशन गर्नदेखि गीत गाउन अगाडि सर्छन् । अब, रेखालाई त अहिले गीत गाउने नशा नै चढेको छ । यसैले पनि उनी देश वा विदेशमा हुने स्टेज कार्यक्रममा, गीत नै गाउँछिन् । यो चलचित्र चैत्र २६ गतेबाट चल्दैछ ।

प्रकाशित मिति : १८ चैत्र २०७२, बिहिबार  ११ : ५० बजे