१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मिडिया सेन्टर स्थापना


१७ चैत्र २०७२, बुधबार  

0
Shares

बिर्तामोड १७, चैत /  नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा स्थापित मिडिया सेन्टरको आज बुधवार उद्घाटन गरिएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले रीवन काटेर तथा कम्प्युटर प्रविधिबाट मिडिया सेन्टरको उद्घाटन गरेका हुन् ।
महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि कार्की, विशिष्ठ अतिथि पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघका निवर्तमान केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले प्रविधि तथा पत्रकारको क्षमता अभिबृद्धिका लागि महासंघ झापा शाखाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
प्रेस काउन्सिल नेपाल तथा सांसद प्रेमबहादुर गिरीको  सहयोगमा आवश्यक उपकरण खरिद गरी महासंघको कार्यालयमा मिडिया सेन्टर स्थापना गरिएको महासंघ झापा शाखाका सचिव एकराज गिरीले जानकारी दिए ।
कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट, इन्र्भटर लगायतका सामग्री खरिद गरी महासंघको कार्यालयलाई मिडिया सेन्टरको रुपमा विकास गरिएको हो । कार्यक्रमको सञ्चालन सचिव गिरीले गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७२, बुधबार  ११ : २६ बजे