१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भोलिदेखि देशभर एस.एल.सी परीक्षा सुरु, झापाबाट १७ हजार ३ सय ४२ जना विद्यार्थी सामेल हुदै


१७ चैत्र २०७२, बुधबार  

0
Shares

st

झापा १७, चैत / यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्या्दित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गरेका छन् । परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए ।
त्यसैगरी झापाबाट जम्मा १७ हजार ३ सय ४२ जना विद्यार्थी सामेल हुदैछन् । जसमा १३ हजार ४ सय ९७ जना नियमित, ३४ सय ८२ जना एक्जाम्टेड र ८१ जनाले प्राविधिक तर्फ सामेल हुदैछन् । जिल्ला शिक्षा कार्यालय झापाका अनुसार जिल्लाभरी ५२ वटा परिक्षाकेन्द्र रहने छन् ।
यसैगरी देशभर प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुने छन् । सबैभन्दा बढी काठमाडौामा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने छन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्ऽ निर्धारण गरेको छ । एसएलसी परीक्षा भोलि चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
जसअनसार चैत १८ गते अङ्ग्रेजी, चैत १९ गते नेपाली, चैत २१ गते गणित, चैत २२ गते विज्ञान, चैत २३ गते सामाजिक, चैत २४ गते स्वास्थ्य तथा जनसङ्ख्या, चैत २५ गते ऐच्छिक प्रथम, चैत २६ गते ऐच्छिक द्वितीय, चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक विषयको बााकी विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक काप्रीले बताए ।
गत वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष भने तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु हुने भएको हो । यस वर्षको एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’मा सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगतका वर्षमा जस्तै हुने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए । परीक्षामा अमर्या्दित कार्य गर्ने व्यक्ति र नक्कली परीक्षार्थीलाई एक लाख रुपैयाा जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ ।
‘होमसेन्टर’ भएका विद्यालयमा सोही विद्यालयमा कार्यरत व्यक्तिलाई परीक्षामा खटाउन नपाइने र परीक्षार्थीले कुनै पनि किसिमको अनियमितता एवम् अनुशासनहिन काम गरेमा, अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्द गरी अर्को एक वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गर्ने भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७२, बुधबार  ७ : ०६ बजे