गाैरीगंज १३, जेठ/ गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा हात्ती लखेट्न आएका एक जना भारतीय युवाको हात्तीको आक्रमणमा परेर सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार साँझ ६ बजे बच्चासहित आएको हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको छ । हात्तीलाई नेपाली र भारतीय नागरिकहरुले…