दुर्गापुर १३, मंसीर / बिर्तामोडस्थित वीरता जेसीजले झापाको कनकाई नगरपालिका–७ स्थित भृकुटी माविको पुस्तकालयका लागि दुई सय थान पुस्तक प्रदान गरेको छ । सोही विद्यालयमा आज बिहीबार आयोजित कार्यक्रमकाबीच वीरता जेसीजका अध्यक्ष एकराज गिरी र कार्यक्रम संयोजक टहलदास ओलीले प्रधानाध्यापक अञ्जना सिटौलालाई उक्त पुस्तक हस्तान्तरण गरे । विद्यालयमा पुस्तकालय भए पनि आवश्यक पुस्तक अभाव रहेका…