१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतको ७० औं गणतन्त्र दिवसमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना व्यक्त


१२ माघ २०७५, शनिबार  

0
Shares

20190126_142756
काठमाडौं १२, माघ /

भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आ-आफ्ना समकक्षीलाई शुभकामना सन्देश पठाएर उनीहरुको व्यक्तिगत सुख र भारतीय जनताको निरन्तर प्रगतिको कामना गरेका छन् ।

सन्देशमा दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

सन् १९५० जनवरी २६ तारिखमा भारतको संविधान लागू भएको थियो । सोही दिनको सम्झनामा भारतले २६ जनवरीको दिन गणतन्त्र दिवस मनाउने गर्दछ ।

७० औं गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिको रुपमा दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामफोसा सहभागी छन् । गणतन्त्र दिवसको अवसरमा निकालिएको परेडको नेतृत्व महिला सैनिकहरुले गरेका छन् । राजपथबाट सुरु भएको परेड लाल किल्लामा पुगेर समापन हुने छ ।

समारोहमा परेडका साथै युद्धकला र अत्याधुनिक हतियारहरुको पनि प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार  ८ : ४४ बजे