बिर्तामोड ३१, साउन ३१/ झापाका आदिवासी जनजातिका नेताहरुले प्रदेश नं. १ को नामाकरण गर्दा सबैको भावनाको सम्मान, सहभागिता र शान्तिपूर्ण ढंगले सहमतिमा गर्नुपर्नेमा जोड दिएका छन् । आज शुक्रबार झापाको सुरुङ्गामा भएको छलफलका सहभागी आदिवासी जनजाति महासंघ तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुले त्यस्तो बताएका हुन् । उनीहरुले सबै पक्षको सहभागितामूलक ढंगले सामाजिक सद्भाव कायम राख्दै…