१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जेष्ठलाई भ्रमण, लक्षित वर्गलाई निःशुल्कमा फिल्टर


२६ माघ २०७६, आइतबार  

0
Shares

20200209_152054

गाैरीगंज २६, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का जेष्ठ नागरिकहरूलाई भव्यरूपमा स्वागत गर्दै भ्रमणका लागि विदाई गरिएकाे छ ।
वार्डका ३० जना जेष्ठ नागरिकहरूलाई वडा कार्यालयले फुलमाला लगाएर आज विहान पाथिभरा मन्दिर भ्रमणका लागि विदाई गरिएकाे हाे ।
प्रकृतिले नै जिवनकाे उत्तरार्धमा जेष्ठ नागरिककाे शरीर र मस्तिष्क कमजाेर बनाई शिथिल अवस्थामा पुग्ने हुनाले केही हदसम्म राहत मिलाेस भनेर भ्रमणमा लगिएकाे वार्ड नं. ३ का अध्यक्ष मखना महताेले बताए । १ दिने पाथीभरा मन्दिर भ्रमणले उहाँहरूको शारीरिक र मानसिकरूपमा स्वस्फूर्त ताजगी ल्याई दैनिकी रहनसहनमा सहजता ल्याउन वडा कार्यालयकाे ६४ हजार रूपैया सिलिङ्ग बजेटबाट भ्रमणमा लगिएकाे वार्ड अध्यक्ष महताेले जानकारी गराएका थिए ।
20200209_152138
त्यसैगरी वार्ड कार्यालयले वार्ड नं. ३ मा बसाेबास गरेका मधेशी, अादीवासी- जनजाती, दलित, मुस्लिम तथा अपांगलाई निःशुल्कमा फिल्टर वितरण गरिएकाे छ ।
आर्सेनिकयुत्त पानीबाट सिर्जित राेगबाट वचन लक्षित वर्गका ९२ घर परिवारलाई निःशुल्कमा फिल्टर वितरण गरिएकाे हाे । वार्ड कार्यालयकाे सिलिङ्ग बजेटबाट लक्षित वर्गका आदिवासी जनजातिकाे ९६ हजार, मेधेशी, मुस्लिम, पिछडावर्गकाे ९६ हजार, दलितकाे ५० हजार र अपांग वर्गकाे ५० हजार रूपैयाँ लागतबाट खरिद गरि वितरण गरिएकाे वार्ड नं. ३ का सचिव अजय साहले जानकारी गराए ।
20200209_152227
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रमककाे प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड सदस्यहरू सरिता सेर्पा, हेमा आचार्य , भवेश दास, साेम्नी पासवान, पुर्व गाविस अध्यक्ष विश्वराज रिजाल, गाैरीगंज मावि प्रअ गाेविन्द घिमिरे, ईलाका प्रहरी कार्यालय गाैरीगंजका ईन्चार्ज गणेश भट्टराई, सशस्त्र प्रहरी वल गाैरीगंजका ईन्चार्ज साइमन श्रेष्ठ, जनजगृति युवा क्लबका अध्यक्ष श्रवण गिरी, स्नाेह्वाई वाेर्डिङ्गका प्रिन्सिपल गाेपाल राजवंशीलगायतकाे उपस्थिति थियाे । वार्ड नं. ३ कि वडा सदस्य हेमा आचार्यले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव अजय साहले गरेका थिए ।
20200209_152200

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ४५ बजे