२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

सन्थाल समुदायबाट झापाका सोरेन एसईईमा उत्कृष्ट, हास्दा गौरीगञ्ज टप

बिर्तामोड, असार १४ / यस वर्षको एसईई परीक्षामा सीमान्तकृत सन्थाल समुदायका विद्यार्थीहरुले पनि राम्रो नतिजा ल्याएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविका छात्र टेकनाथ सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसईईकै इतिहासमा उच्च अंक ल्याएका छन् । २०६४ साउन ३० गते जन्मिएका सोरेनले २०८० को एसईईमा ३.८२ जीपीए अंक ल्याएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी…