गौरीगंज २४, चैत / इ–सेवाको आयोजनामा आज स्थानीय युवा, व्यवसायी तथा समाजसेवीहरूको उपस्थितिमा डिजिटल वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।कार्यक्रममा सहभागीहरूलाई डिजिटल वित्तीय सेवा, सामाजिक सुरक्षा कोष, डिजिटल फ्रड (अनलाइन ठगी), बिमा, ऋण प्रक्रिया तथा सुरक्षित डिजिटल व्यवहारसम्बन्धी जानकारी दिइएको थियो । सहभागीहरूले प्रश्न–उत्तर, व्यक्तिगत परामर्श र अभिमुखीकरण पनि पाएका थिए…