३ माघ २०८१, बिहिबार | Fri Jan 17 2025

नयाँ वर्ष र मान्छेको अस्तित्व

कविता नारायणप्रसाद चँदरा घरको बार्दलीबाट तल्ला घरकी ठूलदिदी बेस्सरी चिच्याउँदै थिइन्– गोरे र डल्लीले पनि स्कुलको पढाइ छोडे रे बीचगाउँको हर्के विदेशबाट घर हिँडेको बाटो नपाएर सीमानामै अलपत्र छ रे पारिगाउँकी गोरीले पसिनासँग साटेको कमाइ बजारमा पुर्‍याएर बेच्नसम्म पाइनँ रे दिनभरि परिश्रम बेचेर साँझमा अवोध बालबच्चाको मुखमा माड पुर्‍याउने छिमेकी धनेको पनि सपनाको डोरी चुँडियो…