१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा काेराेनाकाे त्रास, भाेलीदेखि अत्यावश्यक सेवा बाहेक सबै पसल बन्द


२२ असार २०७७, सोमबार  

0
Shares

20200528_210918
गाैरादह २२, असार / झापाको गौरादहमा समुदायमा कोरोना फैलने त्रास बढेको छ । गौरादह १ नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षिय एक वृद्ध महिलामा काठ्माडौंको पाटन हस्पिटलमा आज पीसीआर परीक्षण पोजेटिभ आएसँगै समुदायमा कोरोना फैलने डर बढेको हो ।
घाँटीको समस्याले असार ११ गते सुरुमा बिर्तामोडको बी एण्ड सी हस्पिटलमा गएको र त्यहाँबाट पुनः बिर्तामोडकै निलकण्ठ डाइग्नोस्टिक सेन्टर बिर्तामोडमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि पुनः छोरा र बुहारीको साथमा ती वृद्ध महिला काठ्माडौं गएकी थिइन् । उपचारको लागि जाँदा ती महिलाको पाटन हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको थियो ।

ती वृद्ध महिला बिरामी भएपछि उनीलाई भेट्न दमक र भद्रपुरबाट आफन्तहरु भेट्न गएको खुलेको छ । ती वृद्ध महिलामा संक्रमण पुष्टी भएपछि हाल गौरादह १ को नवदुर्गा पेट्रोल पम्प छेउको एरियामा आवत जावतलाई रोक लगाइएको गौरादहका नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । समुदायमा कोरोना फैलने सक्ने आशंकाले गौरादहको चैतुचोक देखि दक्षिणमा कार्की चोक, पश्चिममा गौरीया खोलादेखी पूर्वमा गोल्छा चोक सम्मलाई तत्कालका लागि आवत जावतमा निषेध गरिएको छ ।

भोली गौरादह १ नवदुर्गा पेट्रोल पम्प छेउ का स्थानियबासी, संक्रमित महिलाका परिवार, आफन्तहरुको पीसीआर परीक्षण गरिने गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।
यस्तै भोलीबाट गौरादह बजारका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण पसलहरु बन्द गरिने जनाइएको छ । महिलाको सम्पर्कमा आउनेहरुको कन्टयाक्ट ट्रेसिङको कार्यहरु भइरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ४५ बजे