४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाली कांग्रेस नगर समिति गाैरादहद्वारा नगरपालिकालाई नगद हस्तान्तरण


१२ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200424_180016

गौरादह १२, बैशाख / नेपाली कांग्रेस गाैरादह नगर समितिले गाैरादह नगरपालिकालाई राहत सहयाेग हस्तान्तरण गरेकाे छ ।
काेराेना भाईरसकाे संक्रमणका कारण नेपाल सरकारद्वारा लगाईएकाे लकडाउनले बढी प्रभावित विपन्न परिवारलाई राहत खाद्यान्नका लागि समितिले गाैरादह नगरपालिकाकाे राहत व्यवस्थापन काेषमा १ लाख १ सय ११ रूपैयाँ बराबरकाे राहत रकम हस्तान्तरण गरेकाे हाे ।

नेपाली कांग्रेस नगर सभापति यादब राज सेडाई , नगर सचिबद्वय बेद प्रकाश सुवेदी ( बिदुर ) र नेत्र खड्का, नगर सदस्य दिपक खड्का, कांग्रेसका झापा जिल्ला सदस्य इमानसिंह तामाङ , वडा नं. ९ का वडा अध्यक्ष सिताराम भट्टराई ,वडा नं. २ का वडा सदस्य बिजय कन्दङ्वा , नेबिसंघ नगर सभापती बाबुराम नेपाल , पार्टीका क्षेत्रिय प्रतिनिधि सन्जिब कार्की, गौरादह जेसिज अध्यक्ष तारा श्रेष्ठलगायतको उस्पस्थितिमा गाैरादह नगरपालिकाका नगरप्रमुख रोहित कुमार साह , उप-प्रमुख गिता भेट्वाल , प्रशासकिय अधिकृत खेमराज ओझालाई उत्त रकम हस्तान्तरण गरिएकाे थियाे ।

काेराेना भाईरसकाे महामारीका कारण लगाईएकाे लकडाउनबाट नगरपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई परेकाे संकटलाई आत्मसात गर्दै नेपाली कांग्रेस नगर समितिले आफ्ना शुभचिन्तक तथा दाताहरूबाट आर्थिक सहयाेग जुटाएर नगरपालिकालाई सहयाेग गरेकाे नगर सभापति यादवराज सेढाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति हेर्नुहाेस् ।

20200424_180444

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १२ : २० बजे