६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सहारा नेपालद्वारा विपन्नका लागि राहत हस्तान्तरण


३ बैशाख २०७७, बुधबार  

0
Shares

received_1070628466652829
विराटनगर ३, बैशाख / सहारा नेपाल चारपाने झापामा केन्द्रिय कार्यलय रहेकोे साकोसले बिराटनगर महानगरपालिकाले स्थापना गरेको बिपत ब्यवस्थापन तथा राहत कोषमा रु १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको छ।

बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई आज सहारा नेपाल साकोसका ईलाका प्रबन्धकद्वय यादब कुमार बस्नेत , ओम प्रकाश साह , विराटनगरका शाखा प्रमुख रमेश पौडेल र पुस्पलाल चोक प्रमुख सुजित साहले सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । मेयर पराजुलीले kovid-19 सग जुध्नका लागि सरकारी तथा निजि क्षेत्रको सहयोग आवस्यक रहेकोमा जोड दिदै सहयोय गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी आजै रङेली नगरपालिकालाई पनि ५० हजार बराबरकाे चेक नगरपालिकाका मेयर दिलिप बगडियाको उपस्तिथिमा ईलाका प्रबन्धक बस्नेत र रंंगेली शाखा प्रमुख अजित कुमार साहले हस्तान्तरण गर्नु भयो । त्यसैगरी ग्रामथान गाउँपालिका प्रमुख शिव नारायण माझीको उपस्तिथिमा ईलाका सेवा केन्द्र सलकपुरबाट ओम प्रकश साह र तेतरियाका कार्यालय प्रमुख उमेस चौधरीले रु २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।

received_865977077146943

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ५५ बजे