६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

राजवंशी समाज विकास समितिद्वारा घरमै सिरूवा मनाउन आव्हान


१ बैशाख २०७७, सोमबार  

0
Shares

20200412_171157
विर्तामोड १, वैशाख / राजवंशी समाज विकास समिति झापाले आदिवासीहरूले मनाउँदै आएकाे सिरूवा पर्वमा सामुहिक भेला नगरी आ – आफ्नै घरमा मनाउन आव्हान गरेकाे छ ।
समितिले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै राजवंशी, ताजपुरिया, गन्गाई, थारू, माझीलगायतका आदिवासीहरूले हर्षाेउल्लासका साथ मनाउदै अाएकाे सिरूवा काेराेना भाईरसकाे महामारीका कारण घरघरै मनाउन आव्हान गरेकाे हाे ।
नयाँ वर्षसंगै प्रत्येक वर्ष मनाउँदै आएकाे सिरूवा पर्व आदिवासी समुदायकाे महान पर्व भएकाेले र सरकारले लगाएकाे लकडाउनलाई पुर्ण पालना गर्न सम्पुर्ण नेपालीहरूकाे कर्तव्य भएकाे भन्दै अा आफ्नाे घर भित्रै संस्कार अनुसार पुजा पाठ गर्न समितिले अपिल गरेकाे छ ।
सिरूवा पर्वमा घाटाेसरी, टिस्टाबुरी,चाैहदीबन्द, बन्छन्, भुरा भासा, पानी सिरूवा, काद सिरूवा, रङ्ग सिरूवा तीन दिनसम्म घर-घरमै खेल्न र खेलाउन समितिका अध्यक्ष पुकार चन्द्र राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सचेत गराएकाे छ ।
काेराेना भाईरसकाे महामारीकाे कारण विश्व नै आक्रान्त भईरहेका वेला झापा जिल्लाकाे राजवंशी समाज विकास समितिकाे मातहतका नगर र वार्ड समितिलाई काेराेनन भाइरस विरूद्व लडन समितिले आग्रह गरेकाे छ ।
20200413_165753

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : १३ बजे