३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

रगतको अभाव हुँदा चेरी क्लबद्वारा रक्तदान


२७ चैत्र २०७६, बिहिबार  

0
Shares

20200409_174134
दमक २७, चैत /
दमकमा केहि समय देखी सामाजिक क्षेत्रमा क्रियासिल चेरी क्लबका सदस्यहरुले आज रक्तदान गरेका छन् । लकडाउनका कारण रक्तदानका कार्यक्रमहरु नहुँदा रगतको अभाव भएको समाचार आएकाले क्लबका सदस्यहरुले रक्तदान गरेको क्लबका सदस्य भवानी काफ्लेले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकमा पुगेर क्लबका २० जना सदस्यहरुले रगत दान गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमको आयोजना गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकोले क्लबका सदस्यहरु रेडक्रस सोसाईटीको रक्तसन्चार केन्द्रमै पुगेर रगत दान गरिएको क्लबका संयोजक उमाकान्त आचार्यले जानकारी दिनुभयो । रगतको अभाव भएको सुनेर सामाजिक सञ्जाल मार्फत क्लब सदस्यहरुसंग छलफल गर्दा रक्तसन्चार केन्द्रमै पुगेर रगत दान गर्ने भन्ने सल्लाह भएकोले रगत दान गरिएको उहाँले बताउनु भयो । धेरै भिडभाड हुँदा कोरोना संक्रमणको जोखिम हुने भएकोले एक एक जना पुगेर रगत दान गरिएको समंयोजक आचार्यले बताउनुभयो । स्वास्थ्य सुरक्षाका सम्पुर्ण उपाय अपनाएर रक्तदान गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेका महासमिति सदस्य मेदनी सिटौला,
महासमित सदस्य दिल बहादुर बुढाथोकी, जिल्ला सदस्यहरू रबि केसि, बिक्रम अधिकारी,
लोकतान्त्रिक उधोग बाणिज्य संघ दमकका अध्यक्ष
बबरजङ थापा किरणलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ११ : ५९ बजे